Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

भ्यानले ठक्कर दिँदा १३ वर्षीय बालकको मृत्यु

भ्यानले ठक्कर दिँदा १३ वर्षीय बालकको मृत्यु

  • काठमाडौँ । पर्साको ठोरी गाउँपालिका–४ विजय बस्तीस्थित हुलाकी सडकमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ठोरी–४ कै १३ वर्षीय बालक विश्वास श्रेष्ठ रहेका छन् । 

    images
    images
    images

    ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको भ्यानले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।गम्भीर घाइते श्रेष्ठलाई प्रहरी चौकी विजयबस्ती पर्साबाट खटिएको प्रहरी टोलीले उपचारका लागि तराई अस्पताल वीरगञ्जमा ल्याएर भर्ना गरेको थियो । उपचारको क्रममा बिहानउनको मृत्यु भएको हो ।

    images

    प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले दुर्घटनापश्चात फरार रहेका सवारी चालक चितवन माडी नगरपालिका–३ का २५ वर्षीय पदमबिलास पन्तलाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij