
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नामांकन प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्री निवास वरपर जिल्ला प्रशासन मोरङले निषेधित क्षेत्र घोषणा गरेको छ ।
फागुन १७ गते दिउँसो ३: ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएको जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij