Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

दाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

दाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

  • काठमाडौं । दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा बिहीबार बिहान रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

    images

    ट्याक्टरले थिचेको अवस्थामा उनीहरुको उद्दार गरिएको थियो । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको एसपी तिमिल्सिनाले बताए ।

    घटनामा सोही स्थानका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाको कारण भने खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको एसपी तिमिल्सिनाले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij