Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खेलप्रति मेयर चिरिबाबुको प्रेम

खेलप्रति मेयर चिरिबाबुको प्रेम

  • ललितपुर । ललितपुर जिल्ला खेलकुद बिकास समिति सभाहलमा बाग्मति प्रदेश बुद्धिचाल संघ कार्य समिति चयन संगै दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सो कार्यक्रम मध्यपुर ठिमी नगरपालिकाका ज्ञानकृष्ण प्रजापतिको अध्यक्षतामा भएको हो । बाग्मति प्रदेश बुद्धिचाल संघको दोश्रो साधारण सभामा सहभागी बन्दै ११ जिल्लाका कूल चवालिस जना प्रतिनिधिहरुले आगामी पाँच बर्षका लागि कार्य समिति एवं नेपाल बुद्धिचाल महासंघ केन्द्रीय प्रतिनिधिहरु पाँच जनालाई चयन गरेका छन् । 

    AGNI GROUP

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बागमती प्रदेश बुद्धिचाल संघको साधारण सभा उदघाटन गरेका छन् । उनले खेलसंग जोडिएका साथीहरूको माया र मतले नै जनप्रतिनिधिहरु चयन हुने गरेको उल्लेख गरेका छन् । साथै ललितपुर महानगरले पनि खेलाडी र खेल संघहरुसंग हातेमालो गरि सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन् ।

    कार्यक्रममा विशेष अतिथिको मन्तब्य राख्ने क्रममा बाग्मति प्रदेश खेलकुद बिकास परिषद( हेटौंडाका) का सदस्य धन कुमार मैनालीले नेपाल राष्ट्र प्रादेशिक संरचनामा अभ्यस्त हुदै गइरहेको समयमा बागमती प्रदेश बुद्धिचाल संघले अरु खेल संघहरुको निम्ति उदाहरण बन्न सफल भएको कुरा राखेका छन् । 

    ललितपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिनोद महर्जनले ललितपुर जिल्लामा सबै प्रतिनिधिहरुलाई सत्कार गर्ने मौका पाउँदा खुशी ब्यक्त गर्दै खेलसँग आबद्ध भएका व्यक्तिहरुलाई समान अवसर प्रदान गरेको र उत्कृष्ट कार्य गरिरहेका खेलकर्मीहरुलाई प्रोत्साहन पनि दिएका छन् । 

    334955532_594381358959225_1165629841596388056_n.jpg

    333397010_887962255829063_6394211308310769422_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij