
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन आज लण्डन जाने भएका छन् । लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन आज साँझ मेयरसहित ४ सदस्यीय टोली त्यसतर्फ जान लागेको हो ।
बालेनको सचिवालयका अनुसार टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेका छन् ।
बालेनले आफ्नो अनुपस्थितिमा काठमाडौं महानगरको प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij