Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएर फरार रहेका एक व्यक्तिलाई २३ वर्षपछि पक्राउ परेका छन्। २०५० फागुनमा घटेको घटनाका दोषीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
चापाकोट नगरपालिका–२ मा भएको उक्त घटनाका दोषी ४६ वर्षीय बाजिन्द्रबहादुर सोतीमगरलाई स्याङ्जा प्रहरीले पोखराबाट पक्राउ गरेको हो।
गाउँमै आयोजित विवाह समारोहका क्रममा सोतीमगरले कुटपिट गर्दा ६० वर्षीय हस्ते विक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा विकको मृत्यु भएपछि सोतीमगर फरार भएका थिए।
कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०५९ असोज ७ गते सोतीमगरलाई २ वर्ष कैद सजाय तोकेको थियो। सजाय तोकेलगत्तै फरार रहेका उनलाई स्याङ्जा प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij