Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सांसद भण्डारीको उपचारमा ५६ लाख सहयोग

सांसद भण्डारीको उपचारमा ५६ लाख सहयोग

  • काठमाडौं। सरकारले प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको उपचारका लागि करिब ५६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। फागुन ११ को मन्त्रिपरिषद् निर्णयअनुसार भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले बेहोरेको हो।

    onlinepatrika
    Arghakhachi

    भण्डारी निवासमा एलपी ग्यासका कारण आगो लाग्दा उनकी आमाको निधन भएको थियो भने सांसद भण्डारी गम्भीर घाइते भएका थिए। मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयले ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ निकासी दिएको हो।

    AGNI GROUP

    उनीबाहेक मन्त्रिपरिषद्को निर्णयअनुसार अन्य ३ जनालाई ३–३ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ। सहायता प्राप्त गर्नेमा लमजुङका रामबाबु अधिकारी, सिराहाका वीरेन्द्र पासवान तथा कालीकोटका संग्रामे लामा छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij