Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेलापात गर्दै हुर्किएकी झोवा विक । भन्छिन्, ‘अरुले रोष्टममा बोल्दा म बोल्न सक्दिन भनेर हार खाइसकेकी थिएँ’

मेलापात गर्दै हुर्किएकी झोवा विक । भन्छिन्, ‘अरुले रोष्टममा बोल्दा म बोल्न सक्दिन भनेर हार खाइसकेकी थिएँ’

  • वि.सं. २०७२ मा नेपालको नयाँ संविधान बन्यो । संविधानले महिलाका लागि धेरै अधिकार दिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ । संविधानमै महिला सहभागिता सुनिश्चित भएपछि राज्यका तीनवटै तहमा महिला सहभागिता बढेको छ । जसले गर्दा पिछडिएको दलित समुदायकी झोवा विकले कर्णाली प्रदेशको कानुन निर्माण गर्ने महत्वपूर्ण थलो प्रदेशसभामा प्रतिनिधित्व गर्न पाएकी छिन् । चार वर्षअघि जारी गरिएको नयाँ संविधानकै कारण मुगुको विकट बस्तीबाट संसद्सम्मको यात्रा गर्ने अवसर पाएको बताउने झोवाको संघर्ष कथालाई मुना हमालले यसरी उतारेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    ढ्न पाउने त कल्पनाभन्दा परको कुरा थियो बाल्यकालमा उनले विद्यालयमा पाइला टेक्नसम्म पनि पाइनन् । त्यसबेलामा पढ्नुपर्छ भन्ने नै थिएन । अझ छोरीलाई पढाउने कुरा त सोच्न पनि सकिदैनथ्यो । अन्य छोरीहरूजस्तै झोवा विक पनि घाँस–दाउरा र मेलापात गर्दै हुर्किइन् ।

    AGNI GROUP

    सांसद बनेपछि उत्साह बोकेर सुर्खेत झरेकी उनी निराश बनेर मुगु फर्किन् । विक कतिसम्म निराश भएकी थिइन् भने सांसद पदबाट राजीनामा नै दिने निश्कर्षमा पुगिसकेकी थिइन् ।

    शारीरिक र मानसिक रूपमा परिपक्व नहुँदै १८ वर्षको उमेरमा विवाह भयो । घरव्यवहार सम्हाल्नुपर्ने जिम्मेवारी काँधमा आइप¥यो । घरव्यवहारबाट समय निकालेर उनी पार्टी राजनीतिमा सक्रिय भइन् । नेपाली कांग्रेसका विभिन्न गतिविधिमा संलग्न हुन थालिन् । गाउँघरमा अरुकासामु आफ्ना कुरा राख्न उनलाई कुनै अप्ठेरो थिएन । तर जब प्रदेशसभा सदस्य भएर पहिलो पटक बैठकमा सहभागी भइन् उनलाई त्यही बोल्ने कुरा नै सबैभन्दा डरलाग्दो विषय बनिदियो । संसद्को रोष्टममा गएर बोल्नुपर्ने कुरा सम्झेरै उनको आँत काप्थ्यो । हातगोडा गल्थे । अरुले रोष्टममा गएर सजिलैसँग बोलेको देख्दा आफूले त्यसैगरी बोल्न जान्दैन भनेर हार खाइसकेकी थिइन् ।

    प्रदेशसभाको पहिलो अधिवेशनमा २२ वटा बैठक सम्पन्न भए । तर झोवा एक पटक पनि बोलिनन् । सांसद भएर पनि सदनमा एक पटक सम्बोधन नगरेको भनेर उनको आलोचना भयो । उनको मन पनि भित्रभित्रै पिरोलिएको थियो । पहिलो अधिवेशन सकियो, उनी घर फर्किन् । आफूले आफ्नै जिम्मेवारी पूरा गर्न नसकेकोमा उनी मानसिक रूपमा पनि विक्षिप्त भएकी थिइन् । सधैं निराश देखिन्थिन् । शरीरको तौल समेत घट्दै गएको थियो । सांसद बनेपछि उत्साह बोकेर सुर्खेत झरेकी उनी निराश बनेर मुगु फर्किन् । विक कतिसम्म निराश भएकी थिइन् भने सांसद पदबाट राजीनामा नै दिने निश्कर्षमा पुगिसकेकी थिइन् ।

    गृह जिल्ला फर्किसकेपछि उनले पार्टीको अगुवा महिला करचुङ लामालाई भेटिन् । आफ्नो पीडा उनैलाई सुनाइन् । प्रदेशसभा सदस्यबाट राजीनामा दिने मनसाय राखेको बताइन् । ‘म धेरै निराश भएकी थिएँ’ विक भन्छिन्, ‘मैले संसद्मा एक शब्दसम्म बोल्न समेत सकिनँ, जनताका लागि के गर्न सक्छु होला जस्तो लागेको थियो । त्यसैले मैले राजीनामा दिनुपर्छ भन्ने मनसाय बनाएकी थिएँ ।’

    झोवाको कुरा सुनेर करचुङ नै छक्क परिन् । उनले झोवाको निराशा बुझिन् र सुझाव दिइन्, ‘तँ भाग्यमानी होस् । त्यहाँसम्म पुगेकी छस् । तैले अब आफैले सिक्दै केही गनुपर्छ ।’ उनको कुरालाई झोवामा आत्मविश्वास भरियो । राजीनामा दिने निर्णयबाट पछि हटिन् । ‘मैले धेरै दुःख गरेर पनि अवसर पाइनँ, तैले पाइस् यसलाई सदुपयोग गर्नुपर्छ भनेर उहाँले सम्झाउनुभयो’ झोवा भन्छिन्, ‘त्यसपछि राजीनामा नदिने निर्णयमा पुगेँ ।’ पार्टीका अन्य नेताहरूले पनि उनलाई बोल्नुपर्छ भनेर उर्जा दिए । उनले पनि मनमनै अठोट गरिन्, मैले जसरी पनि संसद्मा बोल्नुपर्छ । नागरिकका समस्या सरकारलाई सुनाउनुपर्छ र आवश्यक कानुन निर्माणमा सघाउनुपर्छ । यही दृढ अठोटका साथ मुगुबाट उनी सुर्खेत झरिन् ।

    बरु त्यही आँटले उनलाई आत्मविश्वास दिलायो । त्यसपछि त उनलाई संसद्मा बोल्नु पनि गाउँघरमा छँदा अरुसँग बोल्नुजस्तै सजिलो हुन थाल्यो । अहिले उनले निर्धक्कसँग आफ्ना कुरा संसद्मा राख्ने गरेकी छन् ।

    दोस्रो अधिवेशन सुरु भयो । झोवाले आफैलाई बलियो बनाइन् । पहिलो अधिवेशन नबालेरै बिताएकी उनले दोस्रो अधिवेशनमा भने आफैले विशेष समय मागिन् र आँट गरेरै रोष्टममा पुगिन् । बोल्दा बिग्रिन्छ कि भन्ने डरले मनमा बास गरिरहेकै थियो । तर उनले जसोतसो बोलिन् । बोल्न थालेपछि भने उनको मनभित्रको डर हराइसकेको थियो । बरु त्यही आँटले उनलाई आत्मविश्वास दिलायो । त्यसपछि त उनलाई संसद्मा बोल्नु पनि गाउँघरमा छँदा अरुसँग बोल्नुजस्तै सजिलो हुन थाल्यो । अहिले उनले निर्धक्कसँग आफ्ना कुरा संसद्मा राख्ने गरेकी छन् । उनी हाँस्दै भन्छिन्, ‘घरबाट फर्किएपछि संसद्मा बोल्न थालेँ । अक्षर नचिने पनि सजिलैसँग आफ्ना कुरा राख्न सक्छु ।’

    अब त उनलाई आफ्नो जिम्मेवारी सजिलै पूरा गर्न सक्छु जस्तो लाग्न थालेको छ । त्यतिमात्र होइन प्रदेशसभा सदस्यको कार्यकाल सकिन करिब तीन वर्ष मात्रै बाँकी छ । तर उनलाई भने अर्को कार्यकालको पाँच वर्ष पनि प्रदेशसभा सदस्य हुन पाए अझ धेरै योगदान दिनसक्छु भन्ने लागेको छ । मुगुको विकट गाउँमा मेलापात गरिरहेकी झोवा यतिबेला कर्णालीवासीका आवाज उठाउने र महŒवपूर्ण कानुन बनाउने जिम्मेवारीमा छिन् । अक्षर पनि नचिन्ने उनी नयाँ संविधानले नै आफूलाई यो अवसर प्रदान गरेको बताउँछिन् । उनी भन्छिन्, ‘सानो छँदा पढ्न पाएनांै । गाईगोठाला गएर समय बितायौँ । अनि ठूलो हुँदै गएपछि विवाह भयो । गाउँमा मेलापात गर्दै, काम गदै थिएँ । मलाई संविधानले खोज्यो । संविधानले खोजेकै कारण आज म यस ठाउँमा छु ।’

    उनी यो ठाउँसम्म आइपुग्नमा श्रीमान्को ठूलो हात रहेको बताउँछिन् । श्रीमान्को साथ र सहयोगले अहिले पनि प्रदेशसभामा आफूलाई सहज भएको उनको अनुभव छ । घरायसी काममा सघाउने श्रीमान् पाएकी छिन् । ‘महिला जनप्रतिनिधिलाई पनि उनीहरूका श्रीमान्ले हिंसा गरे भनेको सुन्छु’ उनले गर्वका साथ भनिन्, ‘मेरो श्रीमान्ले अहिलेसम्म असहयोग गर्नुभएको छैन । घरमा कामको विभाजन हुँदैन । जसले भ्यायो घरको काम गर्ने हुन्छ ।’ उनले आगामी दिनमा संसद्मा जनताको आवाज बनेर अझ बुलन्दका साथ बोल्ने अठोट गरेकी छिन् । अब उनलाई बोल्न डर लाग्दैन । बरु कसरी जनताका आवाज बुलन्द पार्ने भनेर सोच्न थालेकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट