
May 04 2025 | २०८२, वैशाख २१ गते
ललितपुर । ललितपुरको पाटनमा करिब ३४ वर्ष देखि बन्द भई रहेको ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्त्वपूर्ण महालक्ष्मी देवीको खटजात्रा १६ गतेबाट संचालन हुने भएको छ ।
जात्रालाई निरन्तरता दिनको लागि ललितपुर महानगरपालिका तथा वडा नं.५ , ज्यापू समाज यल र जात्रा व्यवस्थापनको लागि गठित कार्य दलसंगको हातेमालो तथा सहकार्य गरी कायगुननी मंका: खलद्वारा महालक्ष्मी जात्रालाई व्यवस्थापन गरी पुन: संचालन गर्न लागिएको हो ।
जात्राको लागि ललितपुर महानरपालिकाले आठ लाखको बजेट छुट्याएको महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदलका अध्यक्ष सन्तमान महर्जनले बताए ।
बिहिबार बिहान गुरुजुहरुद्वारा बैद्धिक तथा तान्त्रिक पूजा गरी दिउँसो महालक्ष्मी स्थान थसिखेलबाट जात्रा सुरु हुने आयोजकले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij