Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी

चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी

  • काठमाडौं । चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन्। सोमबार बसेको बोर्ड बैठकले उनलाई प्रवक्तामा नियुक्त गरेको हो।

    onlinepatrika
    Arghakhachi

    बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन्। उनी २५ वर्षदेखि कला, साहित्य र सञ्चार क्षेत्रमा सक्रिय रहेका छन्। 

    AGNI GROUP

    बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन्। उनका आधा दर्जन साहित्यिक कृति, एब गीति एल्बम प्रकाशित छन्। अभिव्यक्ति स्वतन्त्रता एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोगेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट