Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नागरिक उन्मुक्तिले शनिबारदेखि गर्ने भनेको नेपाल बन्द स्थगित

नागरिक उन्मुक्तिले शनिबारदेखि गर्ने भनेको नेपाल बन्द स्थगित

  • काठमाडौं । सत्ता गठबन्धनको दल नागरिक उन्मुक्ति पार्टीले आज (शनिबार)देखि गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ।  

    onlinepatrika
    Arghakhachi

    टीकापुर हत्याकाण्डमा पार्टीका नेता रेशम चौधरीको हकमा जिल्ला अदालत र उच्च अदालतले सुनाएको जन्मकैदको फैसला सर्वोच्च अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो। जसअन्तर्गत शनिबारदेखि जेठ १० गतेसम्म नेपाल बन्द गर्ने भनिएको थियो। 

    AGNI GROUP

    तर, प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमै लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने बताएपछि बन्द फिर्ता गरिएको नगारिक उन्मुक्तिले जनाएको छ।

    नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्धारा जारी विज्ञप्तिमा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले यसअघि घोषणा गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij