Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज चौँथो दिन पनि जारी रहने भएको छ। गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज बोल्न बाँकी सांसदले धारणा राख्नेछन्। बैठक बिहान ११ बजे सुरु हुनेछ।
आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन्।
मंगलबारसम्म १ सय भन्दा बढी सांसदहरुले बोलिसकेका छन्। राष्ट्रियसभाले भने मंगलबार नै नीति कार्यक्रम बहुमतले पारित गरिसकेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij