Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश

अमेरिकामा खोपसँगै कोभिडको त्रासमा थपिएको आश

  • वाशिङ्टन डिसी । गत वर्षदेखि चीनबाट शुरु भएर विश्वभर फैलिएको कोभिड– १९ को त्रास खोपको आविष्कारपछि सहज बन्न थालेको छ । अमेरिकालगायत विश्वका विभिन्न देशमा यो खोप पुग्न थालेको छ । यसले झण्डै एक वर्षदेखि त्रासमा रहेको विश्व मानव समुदायलाई आशाको सञ्चार पनि गरेको छ । 
    अमेरिकामा कोरोना विरुद्धको खोप सरकारी निकायले आकस्मिक प्रयोजनको लागि स्वीकृति प्रदान गरेर उपलब्ध हुन थालेको तीन साता मात्र भएको छ । अहिलेसम्म करिब २० लाख अमेरिकीले यो खोप लगाइसकेका छन् । यो समाचार तयार पार्दासम्म ६० लाख डोज खोप अमेरिकाको स्वास्थ्य सेवा प्रदायक निकायहरुमा उपलब्ध भएको छ । 

    onlinepatrika
    Arghakhachi

    यही प्रक्रियाबाट कतिपय नेपालीहरुले पनि खोप लगाउन सफल भएका छन् । अमेरिकी सरकारको खोप वितरण सम्बन्धी नियमअनुसार पहिलो चरणमा पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीहरु, ज्येष्ठ नागरिक सेवा केन्द्र र अत्यावश्यक सेवामा काम गरेकाहरु परेका छन् । अमेरिकाको केन्टकी राज्यमा बस्दै आउनु भएकी रेखा जोशी पनि त्यसरी खोप लगाउनेमध्ये एक नेपाली हुनुहुन्छ । उहाँले गत हप्तामात्र खोप लगाएको बताउनुभयो । उहाँले आफनो अनुभव सुनाउँदै भन्नुभयो ‘‘मैले मेरो देब्रे पाखुरामा कोभिड १९ विरुद्धको खोप लगाएँ, त्यसपछि मलाई १५ मिनेट आराम गर्नको लागि भनियो । त्यहीअनुसार आराम गरेँ र निस्कन खोज्दा मलाई अनुहारमा पसिना आएको अनुभूति भयो । मैले मास्क खोलेर म्यानेजरको नजिक गएर पसिना आएको बताएँ तर मलाई केही बेरपछि थाहा भयो कि त्यो पसिना कुनै ‘साइड इफेक्ट’ नभएर मानसिक तनावको कारण रहेछ । 
    जोशीले भन्नुभयो ‘‘म धन्य रहेछु विश्वका करिब सात अर्ब मानिसले प्रतिक्षा गरिरहेको ऐतिहासिक खोपको पहिलो चरणमा नै लगाउने मौका मैले पाएँ ।’’ उहाँले आफनो जन्मस्थानको परिवेशदेखि जीवन यात्रा सम्झिएर आफूलाई निकै भाग्यमानी ठानेको प्रतिक्रिया दिनुभयो ।

    AGNI GROUP

    अमेरिकामा फूड एड ड्रग एडमिनिष्ट्रिेशनले अत्यावश्यक प्रयोगको लागि अनुमति प्रदान गरेको कम्पनीमध्ये मोडर्ना कम्पनीको खोप लगाउन थालिएको हो । यो खोप लिने रेखाजस्तै करिब २० लाख अमेरिकीले आफूहरुलाई भाग्यमानी सम्झिएका छन् । उनीहरुले आफ्ना अनुभवलाई विभिन्न माध्यमबाट व्यक्त पनि गरिरहेका छन् । 
     कुराकानीको क्रममा उहाँले सरकारी मापदण्डअनुसार पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीलाई प्रदान गरिने यो खोप उहाँको कार्यालयकै प्रशासन तथा व्यवस्थापन विभागमा काम गर्नेहरुले लगाउन पाएका छैनन् । तर नियमित प्रक्रियामा परेकाले आफूले लगाउन पाएको बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट