Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

आर्थिक संकट समाधानमा सहकार्य गर्न आग्रह 

आर्थिक संकट समाधानमा सहकार्य गर्न आग्रह 

  • काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्य गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन ।

    onlinepatrika
    Arghakhachi

    नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिङ्गरसँग बिहीबार महासंघ सचिवालयमा भएको भेटमा उनले समस्या समाधानका लागि रणनीति तय गर्न, लगानिको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न आग्रह गरे । 

    AGNI GROUP

    उक्त भेटवार्तामा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन र अतिकम विकसति मुलुकबाट नेपालको स्तरोन्नतिबाट पर्न सक्ने प्रमाण न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो । साना तथा मझौला उधोग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहर्काय लगायतका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको महासँघले जनाएको छ ।

    अध्यक्ष ढकालले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपुणृ साझेदार हुन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij