Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

बुबाले काटिदिए छोराको नाक

बुबाले काटिदिए छोराको नाक

  • काठमाडौं । बाबुले हँसिया प्रहार गर्दा लागेर छोराको नाकमा गम्भीर चोट लागेको छ। गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले हँसिया प्रहार गर्दा ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाकमा चोट लागेको हो।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घरायसी विवादका क्रममा दिलबहादुरले हँसिया प्रहार गर्दा छोरा बाबुरामको नाकमा चोट लागेको हो। प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बाबुले प्रहार गरेको हँसियाले लागेर छोराको नाकमा गहिरो चोट लागेको बताए। 

    AGNI GROUP

    घाइते बाबुरामको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।

    दिलबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij