Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । आफ्नो नाममा रहेको ५ हजार १८३ कित्ता शेयर बिक्री गर्नको लागि संस्थापक शेयरधनी एनआइसी एशिया बैंकले निवेदन दिएबमोजिम संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य २६४ रुपैयाँ तोकेको छ । सोहीअनुरुप आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेकदले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

    AGNI GROUP

    आगामी जेठ २३ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर नेपाल, थापाथली–११ काठमाडौंमा शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij