Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

काठमाडौंमा आजदेखि रोजगार मेला सुरु

काठमाडौंमा आजदेखि रोजगार मेला सुरु

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला सुरु भएको छ। टेकुस्थित महासंघको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो।

    onlinepatrika
    Arghakhachi

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला सुरु भएको हो। मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरू बीचमा पुलको काम गर्ने बताए। उनले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पुर्‍याउने बताए।

    AGNI GROUP

    कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयां अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरु भएको छ।

    रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij