Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली फिल्मसम्बद्ध आठ संघसंस्थाले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले हालै ल्याएको आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यप्रति उनीहरुको आपत्ति छ ।
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार, नृत्य संघका अध्यक्ष जनक कार्की, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij