Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ)मा पानी मुनि पुगेर उद्धार गर्ने डिप वाटर डाइभिङ ट्रेनिङ (गोताखोर) गर्ने जनशक्तिको संख्या ७४ पुगेको छ ।
बिहीबार कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा आयोजित एक समारोहबीच सशस्त्र प्रहरीका १९ र नेपाल प्रहरीका एक जना गरी २० जनालाई दीक्षित गरिएको छ।
दीक्षान्त समारोहमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एपीएफ आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक हुतराज थापासहितको उपस्थित थिए ।
नेपालमा गोताखोरको तालिम भएको यो तेस्रोपटक हो । यसअघि सशस्त्र प्रहरीका २५ जनाले २०६९ वैशाख ३१ देखि असार १४ गतेसम्म बंगलादेशमा गएर गोताखोर प्रशिक्षण लिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij