Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको कागज आफूले लेखेको स्वीकारेका छन् ।
जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले हतास मनस्थितिमा रहेको बेलामा नोटबुकमा बैयक्तिक भावना लेखेको दाबी गरे । ‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ’ बयानमा भनेका छन्, ‘उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ ।’
उनले प्रहरी हिरासतमा रहेका बेला उक्त नोट लेखेर निजी सचिव नरेन्द्र केसीमार्फत पूर्वमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए । आफूलाई आकस्मिक रुपमा पक्राउ गर्न आएको प्रहरीलाई छल्ने क्रममा खाणले उक्त कागज च्यातेर फालेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij