Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । सोमबार ती कम्पनीहरुलाई बोर्डले लाइसेन्स दिएको हो ।
नेपाल धितोपत्र वोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।
बाेर्डले यसअघि सात वटा नयाँ कम्पनीलाई लाइसेन्स दिएको थियोे । यससँगै पुराना ५० र नयाँ १८ वटा ब्रोकर कम्पनी भएका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij