Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलमा एक युवतीको हत्या भएको छ । चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने जेनिशा तामाङको हत्या भएको हो ।
हत्या आरोपमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए । उनीहरूबीच आपसी विवाद भई झै–झगडा एवं कुटपिट भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु भएको सूचना आएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । रञ्जितकार माथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij