Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

क्षमताभन्दा दोब्बर कैदीबन्द

क्षमताभन्दा दोब्बर कैदीबन्द

  • काठमाडौं । जिल्ला कारागार बागलुङमा  क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउन सक्ने क्षमता भएको ठाउँमा हाल  एक सय ६६ कैदीबन्दी राखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् । कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाइ समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिए ।  

    AGNI GROUP

    कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको  र छिटै तित्याङबाट खानेपानी ल्याइँदै छ । खानेपानीका लागि रु २० लाख बजेट स्वीकृत भएको  केसीले बताए । खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij