Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । सौर्य एअरलाइन्जसको आईएमई पे मार्फत टिकट काट्दा चन्द्रागिरि केबलकारको टिकट निःशुल्क प्राप्त गर्न सकिनेछ।
एअरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार सौर्य एअरलाइन्जसको आईएमई पे मार्फत टिकट काट्दा चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता भएको हो ।
जस्तो पोखराबाट सौर्यको जहाज चढेर काठमाडौं आएका ५० जना यात्रीले नै आईएमई पेमार्फत टिकट काटेका छन् भने सबैले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउन सक्ने उनले जनाएका छन्।
काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काट्दा चन्द्रागिरिको टिकट निःशुल्क पाउने व्यवस्था गरिएको उनले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij