Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

पाटन पसेर पर्यटनमन्त्रीले भने, ‘घुस खान्न, धोका दिन्न’

पाटन पसेर पर्यटनमन्त्रीले भने, ‘घुस खान्न, धोका दिन्न’

  • ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाद्वारा प्रकाशित ‘ललितपुर पत्रकारिता’ नामक पुस्तक लोकार्पण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सो पुस्तक सार्वजनिक गरेका हु्न् । 

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा मन्त्री किरातीले जस्तोसुकै परिस्थिति आएपनि जनतालाई धोका नदिने वाचा गरेका छन् । उनले काम गर्दा कहिले काँही गल्ती भए त्यसबाट सिक्ने तर जनतालाई धोका दिने काम कहिले नगर्ने बताए । 

    AGNI GROUP

    उनले भने, ‘म नियतले देश र जनतालाई धोका दिन्न, काम गर्दा कहिले काँही गल्ती भएछ भने त्यसबाट सिक्ने छु ।' 

    नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले भने, ‘सक्कली पत्रकारको पक्षमा लड्दै आइरहेको छु, ललितपुरभित्रका ती सक्रिय पत्रकारको पक्षमा न्याय हुनेछ ।’ 

    'पत्रकारिता केही घराना, व्यापारी र नेताको मुठ्ठीभित्र हुन्छ भन्ने कुरा सत्य सावित हुदैँ गएको' बताउँदै उनले भने, 'सत्य कुरा नबुझ्ने, असत्य कुराको एकपाटा बोकेर पत्रकारको आवरणमा संसारलाई भ्रम फैलाएर हिडेका छन् ।' 

    कार्यक्रममा महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले भने, ‘सक्कली पत्रकारको पक्षमा लड्दै आइरहेको छु, ललितपुरभित्रका ती सक्रिय पत्रकारको पक्षमा न्याय हुनेछ ।’ 

    पत्रकार शुद्धिकरण अभियानको पक्षमा बोल्दै सचिव रामहरि कार्कीले भने, ‘पत्रकारिता गरिरहेको छु भन्ने हेक्का सबैमा हुन्छ, तर पत्रकारिताको धर्मलाई कुल्चेर अघि बढ्ने हुल पत्रकार हुँदैनन् । त्यो पत्रकारको आवरणमा हिडेका साथीहरुले बुझेर शुद्धिकरण अभियानमा साथ दिनुपर्छ ।' 

    No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij