
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरु मिलेर नै आन्दोलनहरु सफल भएको बताएका छन् ।
शनिबार ३२ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन् ।
उनले भने,‘कमरेड पुष्पलालले भन्नुभएको थियो–जवसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गदैनन्, निरङकुस राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिदैन । यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्विकार गरेका थिए ।
फलस्वरुप बीपी बाँचुन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन । पछिल्लो ०६२/६३ वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितीमा निरङकुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो । यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ । कितावको पाना पल्टाएर होइन देशको परिस्थिती अनुसार अगाडि बढ्नुपर्छ।’
उनले जनताको विश्वास अनुरुप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij