Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
नेपाली रूपैयाँ ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गुरुङ बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी थिइन् ।
गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला पारी पक्राउ गरिएको हो ।आवश्यक कारवाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij