Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडाैं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले आफूविरुद्ध आक्रमण गर्नेमाथि मुद्दा फिर्ता लिएपछि धर्नामा बसेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले आक्रमण गरेका थिए। चलाउनले आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद् निर्णयको विरोध गरेका थिए।
त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर भएको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो । तर,गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij