Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । आफ्नो नाममा रहेको आंशिक वा पूरा सेयर बिक्रीको लागि बैंकका केही संस्थापक सेयरधनीहरुले आवेदन दिएपश्चात बैंकले सो सेयर बिक्रीमा ल्याएको हो ।
सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा के कति शेयर कित्ता सेयर खरिद गर्ने हो खुलाएर आवेदन दिन सक्नेछन् ।
विद्यमान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा निर्देशिका बमोजिम सो शेयर अन्य व्यक्ति वा संस्था जो कोहीलाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij