Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नास्टमा उपकुलपति लागि आवेदन खुला

नास्टमा उपकुलपति लागि आवेदन खुला

  • काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)मा उपकुलपति पदका लागि आवेदन खुला गरिएको छ । एक सूचना जारी गर्दै नास्टले रिक्त भएको उपकुलपति पदका लागि आवेदन खुलेको जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सूचनामा उक्त पदका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ऐन, २०४८ को दफा १९ को उपदफा (१ क) बमोजिम विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूमध्येबाट सिफारिस गर्नुपर्ने बताइएको छ ।

    AGNI GROUP

    यसका लागि विज्ञान तथा प्रविधिको क्षेत्रमा आफूले पुर्‍याएको योगदान, विज्ञान तथा प्रविधिको क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो कार्य योजना र वैयक्तिक विवरण (बायो डेटा) समेत समावेश गरी लिखित रूपमा कार्यालय समयभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवेदन दिनुपर्ने उल्लेख गरिएको छ । 

    आइतबार (असार १० गते) सम्म योग्यता पुगेका इच्छुक व्यक्तिले =आवेदन दिन प्रतिष्ठानले आह्वान गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij