Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाने

गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाने

  • काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रूपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् ।

    AGNI GROUP

    उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ । उपप्रधानमन्त्री श्रेष्ठ ४ दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ । उनी शुक्रवार स्वदेश फर्कने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij