Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

दुई किलो सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ

दुई किलो सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ

  • काठमाडौं । सुनजस्तै देखिने दुई किलो पहेँलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी बयरघाट रुपन्देहीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बाट कार र चालकसहित सुनजस्तो पहेँलो बस्तु बरामद गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालबाट भारततर्फ जाँदै गरेको  बा १२ च ३८२० नं। को कारलाई जाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको २ थान सुनजस्तो बस्तु बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

    AGNI GROUP

    उनका अनुसार कार र चालक दाङको घोराही नगरपालिका-१० का हुमानन्द गिरीलाई पनि  नियन्त्रणमा लिइएको छ । सुनजस्तो बस्तु भैरहवा  भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij