Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । त्यही आधारमा जिल्ला अदालत काठमाण्डौमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।

    AGNI GROUP

    यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । यस मुद्दामा जिल्ला अदालत काठमाण्डौको थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने दुई जना लक्ष्मी महर्जन र टङ्क गुरुङलाई जनही पाँच र १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत पाँच वटा मुद्दा चलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij