Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

  • काठमाडौं। नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ।

    onlinepatrika
    Arghakhachi

    बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधन प्रति दुःख व्यक्त गर्दै असार ४, ५ र ६ गते झण्डा आधा झुकाउने निर्णय गरेको हो।

    AGNI GROUP

    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले असार ५ गते (भोली) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्नुका साथै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ।

    यसका साथै कांग्रेसले स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने भएको छ।

    अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं.१९९३ जेठ २५ गते जन्मिएका स्वर्गीय शास्त्री वि.सं.२०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट