Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

वैभवीलाई सिक्किममा स्वर्णसहित दुई पदक

वैभवीलाई सिक्किममा स्वर्णसहित दुई पदक

  • काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले भारतीय खेलाडीलाई फाइनलमा हराउँदै क्योरुगी विधातर्फ स्वर्ण पदक जितेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२६ मा नेपालको लागि वैभवीले स्वर्ण र कास्य गरी दुई पदक जित्न सफल भएकी हुन् ।

    AGNI GROUP

    भारतको सिक्किम राज्यको गान्तोकस्थित पाल्जोर रंगशालामा भएको उक्त प्रतियोगितामा वैभवीले भारतीय खेलाडीविरुद्ध निकै प्रतिस्पर्धात्मक खेलमा शानदार जीत हासिल गरेकी हुन् ।

    वैभवीले पुम्से विधातर्फ पनि तेस्रो हुँदै कास्य पदक जितेकी छिन् । १९ जना प्रतिष्पर्धी रहेको सो विधामा वैभवीले कास्य पदक जितेकी हुन् ।

    सिक्किम एमेच्योर तेक्वान्दो एसोसिएसन (साटा) ले आयोजना गरेको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गरेकी थिइन् ।

    जेठ २३ देखि शुरु भएको उक्त प्रतियोगितामा भारतका १० भन्दा बढी राज्यका खेलाडीलगायत विभिन्न देशका खेलाडीको सहभागिता रहको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट