
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार फोनवार्ता भएको छ ।
ट्रम्प र मोदी दुवै क्यानडामा भएको जी–७ को सम्मेलनमा सहभागी थिए । तर, ट्रम्प बीचमै अमेरिका फर्केपछि मोदीसँग साइडलाइन वार्ता हुन नसकेको भारतीय विदेश सचिव विक्रम मिश्रीले बताएका छन् । उनले साइड लाइन वार्ता नभएकाले दुई नेताहरू बीच फोनमा ३५ मिनेट लामो कुराकानी भएको बताएका छन् ।
मिश्रीले भने, ‘वार्ताका क्रममा मोदीले अपरेसन सिन्दुरबारे विस्तृत रूपमा कुरा गर्नुभयो ।’ उनले भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबारे अमेरिकी राष्ट्रपति ट्रम्पले समवेदना प्रकट गरेको बताए ।
त्यस आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमा मे ६ र ७ को राति हवाई आक्रमण गरेको थियो । जसलाई अपरेसन सिन्दुर भनिएको छ । मोदीले ट्रम्पसँगको कुराकानीमा अपरेसन सिन्दुर अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका आतंकवादी स्थलमा मात्र आक्रमण गरेको बताएको मिश्रीले जानकारी दिएका छन् ।
साथै मोदीले ट्रम्पसँग भारत पाकिस्तान द्न्द्वका क्रममा अमेरिका सँग कुनै व्यापार सम्झौता र मध्यस्थताको कुरा नभएको समेत बताएको मिश्रीले उल्लेख गरे । मोदीले भारतले कहिल्यै पनि मध्यस्थताको कुरा नगरेको र नगर्ने पनि बताएको दाबी मिश्रीले गरेका छन् । ९ मेमा अमेरिकी राष्ट्रपति जेडी भान्सले मोदीसँग फोनमा कुराकानी गरेको र त्यसक्रममा पाकिस्तानले ठूलो आक्रमण गर्न सक्ने बताएको मोदीले ट्रम्मसँग जनाएका छन्।
पाकिस्तानकै आग्रमा दुई देशका सेनाको औपचारिक च्यानल मार्फत सैन्य कारबाही रोकिएको समेत ट्रम्पलाई मोदीले जानकारी गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij