Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । फिल्म 'ऐँचो पैँचो' को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको शुक्रबार टिजर रिलिज गरिएको हो । सार्वजनिक टिजरमा फिल्म राजनीतिक र प्रेमकथा आधारित भएको संकेत गरेको छ।
संवादरहित एक मिनेट लामो टिजरले गाउँको चुनावी माहोलसँगै परिवेश, द्वन्द्व र चरित्र चित्रणबारे केही संकेत दिएको छ । स्वस्तिमाले बाइक हाँकेको दृश्यसँगै कोशिश नेताको भूमिकामा रहेको देख्न सकिन्छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । यो कृषा चौलागाईको डेव्यु निर्देशकिय फिल्म हो ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणाको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij