Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

  • काठमाडौँ । धनकुटा र झापाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार चौकबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित साँगुरीगढी गाउँपालिका ६ सिमसुवा बस्ने २३ वर्षीय सनम लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

     इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका १० शान्ति चोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सुनिल सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij