Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं महानगरको छात्रवृत्ति नतिजा सार्वजनिक

काठमाडौं महानगरको छात्रवृत्ति नतिजा सार्वजनिक

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लिएको परीक्षाको प्रारम्भिक नतिजा आइतबार प्रकाशित गरेको छ।

    onlinepatrika
    Arghakhachi

    शनिबार लिइएको परीक्षामा ५ हजार १६२ विद्यार्थी सहभागी भएका थिए । ती परीक्षार्थीले न्यूनतम उत्तीर्णांक प्राप्त गरेकाले प्रारम्भिक नतिजा प्रकाशन गरिएको महानगरपालिकाले जनाएको छ। नतिजाउपर चित्त नबुझेमा सोमबार पुनर्योगका लागि निवेदन दिन सकिने सूचना महानगरपालिकाले निकालेको छ।

    AGNI GROUP

    पुनर्योगका लागि निवेदन दिन परीक्षार्थी आफैं महागरपालिकाको शिक्षा विभागमा उपस्थित हुनुपर्नेछ । पुनर्योगको नतिजा आएपछि अन्तिम नतिजा प्रकाशित हुनेछ । त्यसपछि योग्यताका आधारमा विद्यार्थीलाई अध्ययन गर्न चाहेको शिक्षण संस्था रोज्ने अवसर प्रदान गरी म्याचिङ प्रणालीबाट भर्नाका लागि सिफारिस गरिनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij