Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महिला कृषकमात्र सहभागी ‘साना किसान कृषि सहकारी’ संस्थामा

महिला कृषकमात्र सहभागी ‘साना किसान कृषि सहकारी’ संस्थामा

  • काठमाडौं । महिला कृषकमात्र सहभागी ‘साना किसान कृषि सहकारी’ संस्थाले आफ्नै पहलमा छिन्चुमै कर्णाली प्रदेशको पहिलो ठूलो चिस्यान केन्द्र स्थापना गरेको हो। सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा वि.सं.२०६७ मा ‘साना किसान कृषि सहकारी’ संस्था स्थापना भएको थियो।  दुई वर्षअघि उक्त संस्थामा आबद्ध कृषकहरूबीच यो विषयमा छलफल भएको थियो। लगातार आफूले उत्पादन गरेको कृषि वस्तुहरू कोहलपुर लिएर चिस्यान केन्द्रमा राख्नुपर्ने समस्या समाधानको बाटोमा अगाडि बढ्ने निर्णय उनीहरूले गरे।

    onlinepatrika
    Arghakhachi

    साना किसान कृषि सहकारीमा सञ्चालक समितिदेखि शेयर सदस्यसम्म सबै महिला कृषकहरू मात्र छन्। सहकारी स्थापना गर्दा २७ जना महिला कृषक आबद्ध थिए। अहिले भने ८६१ जना सदस्यहरू छन्।अहिले २ सय मेट्रिक टन कृषि वस्तु राख्न मिल्ने कर्णाली प्रदेशकै पहिलो ठूलो तथा आधुनिक चिस्यान केन्द्र सञ्चालनमा आएको छ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट