Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

सुमिराको चमक !

सुमिराको चमक !

  • काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हाइट (रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटान) ले चौथौं स्थापना समारोह मनाएको छ । सो समारोहको क्रममा, रोटरी क्लब अफ काठमाडौं हाइट क्लबको पहिलो महिला अध्यक्षमा सुमिरा श्रेष्ठ चयन भएकी छन् ।

    images
    images
    images

    उनले डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजुको उपस्थितिमा सपथ ग्रहण गरे । औपचारिक रूपमा आफ्नो कार्यसमिति नियुक्त गरे । अध्यक्ष सुमीरा महिला सशक्तिकरण र मानव अधिकारका लागि एक ससक्त अधिवक्ता हुन् । उनी सन् २००४ देखि रोटरी र रोटर्याक्ट आन्दोलनमा सक्रिय रूपमा संलग्न छिन् । उनको मार्गदर्शनमा क्लबले हालको रोटरी वर्ष २०२३/२४ मा महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ ।

    images

    स्थापना समारोहमा अध्यक्ष सुमिराले खानेपानी र सरसफाई, महिला सशक्तिकरण, वातावरण संरक्षण, गुणस्तरीय शिक्षा र शान्ति निर्माणमा क्लबको मुख्य पहललाई जोड दिनुभयो । उनले आफ्नो कार्यकालभर यी प्रयासहरू जारी राख्ने आफ्नो प्रतिबद्धता पुष्टि गरे । 

    रोटरी क्लब अफ काठमाण्डू हाइट संसार भर रहेका ४६,००० रोटरी मध्ये एक क्लव हो । यो सन २०२१ मा स्थापना भएको हो । नेपालमा हाल १५३ वटा रोटरी क्लवहरु रहेको छ । क्लबको लक्ष्य भनेको समुदायलाई सेवा प्रदान गर्नु र अन्तर्राष्ट्रिय सद्भावना प्रर्वद्धन गर्नु हो । 

    sumira.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij