Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ हजार ३१७ दशमलव ८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
बैंकले प्रतिशेयर ११५ रूपैयाँमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापक शेयरधनीहरूले यो शेयर खरीद गर्न आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ।
अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट तोकिएको आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij