Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१७ वटा सहकारी संस्था खारेज

१७ वटा सहकारी संस्था खारेज

  • काठमाडौं । १७ वटा सहकारी संस्था खारेज भएका छन् । धनकुटामा सञ्चालित १७ वटा सहकारी संस्थालाई धनकुटा नगरपालिकाले खारेज गरेको हो । संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनु पर्ने, समयमा लेखा परीक्षण गराउनु पर्ने लगायत कार्य यी सहकारीहरूले नगरेको पाइएकोले नगरपालिकाले खारेज गरेको जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    खारेज भएका सहकारीहरूमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, क्रमिक दैनिक बचत तथा ऋण सहकारी संस्था, जनकल्याण बचत तथा ऋण सहकारी संस्था, भिरगाउँ दुग्ध उत्पादक सहकारी संस्था, थानी उपभोक्ता सहकारी संस्था, श्री हजुरको उपभोक्ता सहकारी संस्था र नजसाहारा उपभोक्ता सहकारी संस्था रहेका छन् ।

    AGNI GROUP

    त्यस्तै, मधुगंगा सुन्तले विद्युत् सहकारी संस्था, सहयात्री कृषि सहकारी संस्था, टुकुनाला कृषि सहकारी संस्था, मकालु चिया तथा कफि उत्पादन साना किसान सहकारी संस्था, अर्ग्यानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी, सदाबहार कृषि सहकारी, सुगन्धित चिया उत्पादन सहकारी संस्था र आठपहरिया बङ्गुर पालन सहकारी पनि खारेज भएका छन् । साथै नव बिहानी कृषि सहकारी र सान्ताङ कृषि सहकारी संस्थालाई पनि खारेज गरिएको नगरपालिकाले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij