Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लर्ड एडविन ब्रामलले एक चौथाई सम्पत्ति गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन्।

लर्ड एडविन ब्रामलले एक चौथाई सम्पत्ति गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन्।

  • काठमाडौं। बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको एक चौथाई सम्पत्ति गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन्। बेलायती पत्रिका डेली मेलले दिएको जानकारी अनुसार उनको चार लाख ८६ हजार दुई सय ५९ पाउण्ड मूल्य बराबरको सम्पत्तिमध्ये एक हिस्सा अर्थात् एक लाख २१ हजार ५६४ पाउण्ड गोर्खा वेलफेयर ट्रष्टलाई दिएका हुन्। रकम प्राप्त गर्नको लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढेको गोर्खा वेलफेयर ट्रष्टले जनाएको छ। सन् १९८५ मा सेनाबाट रिटायर्ड भएका लर्ड ब्रामलले आफ्नो सेवा अवधिमा १० वर्ष गोर्खा राइफलमा बिताएका थिए। गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत रहेका लर्ड ब्रामलको ९५ वर्षमा मृत्यु भएको थियो।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट