Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मार्लीले तीतो अतित बिर्सिएर आफूलाई बलात्कार गर्नेसँग ४ घण्टासम्म कुरा गरिन्

मार्लीले तीतो अतित बिर्सिएर आफूलाई बलात्कार गर्नेसँग ४ घण्टासम्म कुरा गरिन्

  •  काठमाडौं । यौन हिंसाको शिकार भएकी २५ वर्षकी एक युवतीले आफूलाई बलात्कार गर्ने व्यक्तिलाई माफी दिएर अहिले दुर्व्यवहार र यौन हिंसा पीडितलाई सहयोग गरिरहेकी छिन् । क्यानडाको ओन्टारियोकी मार्ली लिसका अनुसार उनी अपराधीलाई सजाय दिलाउने भन्दा पीडितको घाउ निको पार्ने र उनीहरुलाई नयाँ जीवन जिउन सघाउने कुरामा जोड दिन्छिन् । स्थानीय मिडिया रिपोर्टअनुसार मार्लीले २०१९ मा आफूलाई बलात्कार गर्ने व्यक्तिको करिब ४ घण्टा सामना गरेकी थिइन् । उनले बलात्कारीलाई माफी दिएकी थिइन् । त्यहाँको नियमअनुसार यसरी माफी दिने प्रक्रियालाई रेस्टोरेटिभ जस्टिस प्रोसेस भनिन्छ ।

    onlinepatrika
    Arghakhachi

    उनले त्यतिबेलादेखि नै यौन हिंसाको शिकार भएका महिलाहरुलाई सहयोग गर्दै आएकी छिन् । सीटिभीन्यूजसँग टेलिफोन कुराकानीमा उनले भनिन् ‘मैले अहिलेसम्म करिब ४० महिलाको साथमा काम गर्ने सौभाग्य पाएकी छु । हिंसापीडित महिलासँग हामीले उनीहरुको उपचार, लज्जाबोध, आफ्नो शरीरलाई माया गर्ने र पितृसत्तात्मक व्यवस्थालाई उजागर गर्नेजस्ता काम गर्छौं ।’

    AGNI GROUP

     मार्लीका अनुसार उनी केवल यत्ति जान्न चाहन्थिन् कि बलात्कारीले उनीसँग यस्तो किन गरे रु दोषीले अहिले के गरिरहेका छन् भन्ने जान्न पाउने अधिकार उनीसँग भएको भए पनि उनी यो जान्न चाहन्निन् । दोषीको बारेमा सोच्दा पुरानो घाउ ताजा हुने भएकोले आफूले जान्न नचाहेको उनले बताइन् । ‘डिसी नेपाल’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट