Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

३२ वटा मोबाइलसहित चारजना भारतीय पक्राउ

३२ वटा मोबाइलसहित चारजना भारतीय पक्राउ

  • काठमाडौँ । चारजना भारतीय नागरिक ३२ वटा मोबाइलसहित पक्राउ परेका छन् । बाँके प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार जहाजमा काठमाडौं जाने तयारी गरेका भारत मध्यप्रदेशका चार जनालाई प्रहरीले मोबाइलसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा भारत अमित सोलंकी, सचिव कुकरेजा, कमल बंसारी र अमित रहेका छन् । सेकेन्ड ह्यान्ड मोबाइल भएकाले काठमाडौं बनाउन लैजान थालेको भारतीयले  दावी गरेका छन् । उनीहरूले चोरेर ल्याएको मोबाइल काठमाडौंमा बेच्न लैजान थालेको  बाँके प्रहरीले आकलन गरेको छ ।

    AGNI GROUP

    हिजो साँझ ६.५५ बजेको बुद्ध एयरबाट मोबाइल बोकेका उनीहरू काठमाडौं जाने तयारीमा थिए । उनीहरुसँग भिभो, ओप्पो, रेडमी, सामसुङ कम्पनीका मोबाइल छन् । बाँके प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij