Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

३४ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

३४ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । ज्यान मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भएका चक्र बहादुर राई छन् । २०४६ कार्तिक १७ मा चक्र बहादुर सहित अरू ३ जना मिलेर तत्कालीन २६ वर्षीय बद्री कुमार राईको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले २०६० जेठ २७ मा चक्र बहादुरलाई सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    प्रतिवादीहरूले साविक दोभाने गा.वि.स वडा नम्बर–८ का वडा अध्यक्ष रामनाथ राईको घरमा सुतिरहेको अवस्थामा खुकुरीले हानेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाँदा दोभाने पाटीमा बद्रीको मृत्यु भएको थियो । तरहराबाट प्रहरी हवलदार चितरंजन मेहता समेतको टोलीले ३४ वर्षदेखि लुकेका चक्र बहादुरलाई पक्राउ गरेका हुन् । हत्या गर्दा २७ वर्षका चक्रबहादुर अहिले ६७ वर्ष भएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij