Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

बिग्रिएको चिज बिक्री गर्ने उत्पादक केन्द्रलाई १० हजार जरिवाना

बिग्रिएको चिज बिक्री गर्ने उत्पादक केन्द्रलाई १० हजार जरिवाना

  • काठमाडौँ । दुग्ध विकास संस्थानद्वारा रसुवामा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई १० हजार जरिवाना गरिएकोछ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रलाई कारबाहीस्वरूप १० हजार जरिवाना गराउँदै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले सचेत समेत गराएको छ । बजार अनुगमन समितिले गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने गुनासो बढेपछि केन्द्रको भण्डारमा छापा मारेको थियो ।

    AGNI GROUP

    सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्ट गरिएको  जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij