Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपालगन्जमा आज पनि दिउँसो निषेधाज्ञा र राति ८ बजेदेखि कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म नेपालगन्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
साँझ ८ बजेबाट बिहान ६ बजेसम्म कफ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सुचनामा भनिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij