Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । ग्राहकहरूलाई थप सेवा दिन मुक्तिनाथ विकास बैंक लि.ले ललितपुरको धापाखेलमा रहेको ‘सुमेरु अस्पताल’ सँग छुट प्रदान गर्ने व्यावसायिक सम्झौता गरेको छ ।
यो सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सुमेरु अस्पतालको विभिन्न सेवाहरू जस्तै ओपिडी, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ बैङ्कका अनुसार प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij